दफा ३२
समाचार संकलन र बिक्री वितरण गर्ने सम्बन्धमा विशेष व्यवस्था
(१) यस ऐनमा
अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार समितिहरूले
नेपाल सरकारको स्वीकृति लिई नेपाल ……….. भित्र बसी समाचार संकलन गर्न र
विदेशमा पठाउन सक्नेछन्।
(२) उपदफा (१) बमोजिमका समाचार समितिहरूले प्रचलित कानुन बमोजिम
स्थापित समाचार समितिहरू वा नेपाल सरकार मार्फत मात्र नेपाल …….. भित्र आफ्नो
समाचार बिक्री वितरण गर्न पाउने छन्।